Logo

महँगी र भ्रष्टाचारविरुद्ध एमालेको प्रदर्शन

                     
Logo 2022-08-01 04:08     Desk

13

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले महँगी र भ्रष्टाचारविरुद्ध विरोध प्रदर्शन गरेको छ । गठबन्धन सरकार गठन भएको एक वर्षमा खाद्यवस्तुको चर्को मूल्यवृद्धिका साथै हरेक क्षेत्रमा महँगीका कारण नागरिकको जीवन कष्टकर बनेको भन्दै सोमबार एमालेले विरोध प्रदर्शन गरेको हो ।

प्रदर्शन वसन्तपुर, असन, भोटाहिटी, प्याफल, नरदेवी, बाङ्गेमूढा, हुँदै शान्तिबाटिकामा पुगेर समापन हुनेछ । प्रदर्शनमा पार्टीका काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर, भक्तपुर) उपत्यका विशेष प्रदेश, सम्पर्क कमिटी, जनवर्गीय सङ्गठन, सांसदहरू, पार्टीको केन्द्रीय विभागको सहभागिता छ । प्रदर्शनमा उत्रिएकाहरूले विभिन्न ब्यानर, ग्याँस सिलिन्डर बोकेर विरोध जनाएका छन् ।

प्रदर्शनकारीहरूले परमादेशी सरकार मुर्दावाद, परमादेशी सरकार चाहिँदैन, भ्रष्टाचार गर्न पाइँदैन, भ्रष्टाचार नियन्त्रण गर्, भ्रष्टाचारीलाई कारबाही गर् लगायतका नारा लगाएका थिए ।


लोकप्रिय छुटाउनुभयो कि ?