
नेपालमा पछिल्लो २४ घण्टामा ८९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ९०९ जनाको परीक्षण गर्दा ८९५ जनामा संक्रमण देखिएको छ ।



यो अवधिमा २६४ जना संक्रमणमुक्त भएका छन् । यस्तै एक जनाको मृत्यु भएको छ । देशभर सक्रिय संक्रमितको संख्या चार हजार ९३४ पुगेको छ ।