Logo

साढे १२ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

                     
Logo 2022-08-01 01:08     Desk

13

स्रोत नखुलेको रकमसहित रुपन्देहीबाट एक भारतीय नागरिक पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय बेलहियाको टोलीले आइतबार दिउँसो लु६प ७१२९ नम्बरको मोटरसाइकल चेकजाँचका क्रममा उत्तर प्रदेशको महाराजगञ्ज जुगौलीका ४५ वर्षीय आशी साहुलाई १२ लाख ५० हजार नगदसहित नियन्त्रणमा लिएको हो ।

साहुको साथबाट १ हजार दरका ११ लाख, ५ सय दरका १ लाख ५० हजार रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?