Logo

एक लाख ६० हजार मुल्य बराबरको अबैध समान बरामद

                     
Logo 2022-08-01 12:08     Desk

13

झापाको २ छुट्टाछुट्टै स्थानबाट १ लाख ६० हजार भन्दा बढीको अबैध समान बरामद भएको छ।

भारतिय बजारबाट अबैध रुपमा भन्सार छली समान ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले आईतवार दिउँसो मेचीनगर नगरपालिका-६ गैरी गाउँबाट १ लाख ६ हजार मुल्य बराबरको सारी, कुर्था लगायतका समानहरु बरामद गरेको थियो ।

यसैगरी जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मेचीनगर-६ बाट आईतवार बेलुका ६० हजार बराबरको जुत्ता बरामद गरेको थियो । यसरी अबैध रुपमा समान बरामद भएसंगै आवश्यक कारवाहीको लागी मेची भन्सार बुझाउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।


लोकप्रिय छुटाउनुभयो कि ?