
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आज महँगी र भ्रष्टाचारविरुद्ध विरोध प्रदर्शन गर्दैछ ।



गठबन्धन सरकार गठन भएको एक वर्षमा खाद्यवस्तुको चर्को मूल्यवृद्धिका साथै हरेक क्षेत्रमा महँगीका कारण नागरिकको जीवन कष्टकर बनिरहेको विषयलाई लिएर आज एमालेले विरोध प्रर्दशन गर्न लागेको हो ।
विरोध प्रदर्शन दिउँसो २ बजे वसन्तपुरबाट सुरु हुनेछ । जनसरोकारका विषयमा राज्यलाई जवाफदेही बनाउन खबरदारीका लागि गर्न लागिएको प्रदर्शनको आवश्यक सबै तयारी पूरा भएको महँगी तथा भ्रष्टाचारविरुद्ध जनप्रदर्शन आयोजक कमिटीका संयोजक तथा पार्टी स्थायी कमिटीका सदस्य कृष्णगोपाल श्रेष्ठले बताए ।