Logo

विप्लव विरुद्ध पक्राउ पुर्जी जारी

                     
Logo 2022-08-01 10:08     Desk

13

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका नेताविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । ललितपुर जिल्ला अदालतले विप्लवसहितका नेताहरूका नाममा पक्राउ पुर्जी जारी गरेको हो ।

अदालतले विप्लवसहित खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, मोहनबहादुर कार्की, टेकबहादुर केसी, भरतबहादुर बम, पदमबहादुर राई, सन्तोष बुढामगर, नवीन विश्वकर्मा उदयबहादुर चलाउनेलगायतविरुद्ध विभिन्न कसुरमा पक्राउ पुर्जी जारी गरेको हो ।

उनीहरूविरुद्ध हातहतियार खरखजना, विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान गरेको, राज्य विरुद्धको अपराध, हातहतियार तथा विस्फोटक पदार्थ सम्बन्धी कसुर गरेको लगायत मुद्दा छन् ।

उनीहरूलाई ३५ दिनभित्र अदालतमा उपस्थित हुन भनिएको छ । उपस्थित नभएमा मुलुकी फौजजारी कार्यविधि संहिता, २०७४ को दफा ६५ बमोजिम हुने पुर्जीमा उल्लेख गरिएको छ ।

२१ फागुन २०७७ मा तत्कालीन केपी ओली नेतृत्वकाे सरकारसँग तीन बुँदे सहमति गरेर विप्लव समूहले हिंसात्मक गतिविधि त्यागेकाे थियाे ।

उक्त सहमति पत्रमा नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टी देशको राजनीतिक समस्याहरू वार्ता र सम्वादबाट समाधान गर्ने, नेपाल कम्युनिस्ट पार्टीले आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रूपमा गर्ने र नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता र कार्यकर्ता रिहाइ गर्न र सम्पूर्ण मुद्दाहरू खारेज गर्न सहमत भएको उल्लेख थियाे ।


लोकप्रिय छुटाउनुभयो कि ?