Logo

आज अधिकांश क्षेत्रमा भारी वर्षा हुने

                     
Logo 2022-08-01 10:08     Desk

13

देशभर आजकाे माैसममा सामान्यदेखि पूर्ण बदली रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । देशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको माैसमविद्ले जानकारी दिएका छन् ।

प्रदेश १, मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ । अहिले बिहान प्रदेश १, बागमती, गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज राति देशभर सामान्य बदली रहनेछ । पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको महाशाखाले जारी गरेकाे सूचनामा उल्लेख छ ।


लोकप्रिय छुटाउनुभयो कि ?