Logo

साफ यू २० मा भारतसँग नेपालको लज्जासपद हार

                     
Logo 2022-07-31 10:07     Desk

13

भारतमा जारी साफ यू–२० च्याम्पियनसिपमा आइतबार नेपाल भारतसँग लज्जासदप हार व्यहोरेको छ । प्रतियोगिताको तेस्रो खेलमा आइतबार नेपाल भारतसँग ८–० गोल अन्तरले पराजित भएको छ । पहिलो हाफमा एक गोल गरेको भारतले दोस्रो हाफमा ७ गोल थप्यो ।

यस हारले फाइनल पुग्ने नेपालको लक्ष्यमा झड्का लागेको छ । तीन खेलबाट नेपालको ६ अंक छ । तीनै खेलबाट ६ अंक जोडेको भारत हेड टु हेड र गोल अन्तर दुवैमा नेपालभन्दा अघि छ । बंगलादेश सबै तीन खेल जितेर ९ अंकसहित शीर्ष स्थानमा छ । शीर्ष दुई टोली उपाधिका लागि भिड्ने छन् ।

नेपालले यसअघि श्रीलंका र माल्दिभ्सलाई पराजित गरेको थियो । नेपालले अन्तिम खेल बंगलादेशसँग खेल्नुपर्ने छ ।


लोकप्रिय छुटाउनुभयो कि ?