Logo

पार्टीको अवस्था बुझ्न एमालेले सातै प्रदेशमा खटायो उपाध्यक्षहरू

                     
Logo 2022-07-03 06:07     Desk

13

नेकपा एमालेले आगामी चुनावलाई मध्यनजर गर्दै सातै प्रदेशमा प्रतिनिधि खटाएको छ । आइतबार बसेको पार्टी सचिवालयको बैठकले सातै प्रदेशमा  प्रशिक्षणका लागि प्रतिनिधि खटाउने निर्णय गरेको हो ।

एमालेले उपाध्यक्षहरूलाई प्रदेशमा खटाएर प्रशिक्षण चलाउने निर्णय गरेको हो  । एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले उपाध्यक्षहरूलाई प्रदेशमा प्रशिक्षणका लागि संयोजनको जिम्मेवारी दिइएको बताए ।

प्रदेश १ मा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, मधेसमा उपाध्यक्ष सुरेन्द्र पण्डे, बागमतीमा उपाध्यक्ष विष्णु पौडेल, गण्डकीमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, लुम्बिनीमा उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, कर्णालीमा उपाध्यक्ष रामबहादुर थापा र सुदूरपश्चिममा उपाध्यक्ष युवराज ज्ञवालीलाई खटाइएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?