
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को कार्यकारिणी समितिको बैठकमा चुनावी गठबन्धनको विषयले प्रवेश पाएको छ । शनिबार सुरु भएको बैठकमा अध्यक्ष महन्थ ठाकुरले एमाले र कांग्रेस दुवै पक्षबाट गठबन्धनका लागि प्रस्ताव आएको बताएका थिए ।
जारी बैठकमा उक्त प्रस्तावमाथि छलफल सुरु भएको कार्यकारिणी समिति सदस्यले जानकारी दिएका छन् । लोसपाले गठबन्धनमा कसरी सहभागी हुने भन्ने विषयमा भने निर्णय लिइसकेको छैन ।
त्यसैरी, बैठकपछि लोसपाले प्रेस विज्ञप्ति जारी गर्दै २३ जेठमा राजपत्रमा प्रकाशित भूउपयोग नीतिको विरोध गरेको छ । कार्यकारिणी बैठकले भूउपयोग नीतिक कारण विहेवारी, पठनपाठन र व्यवसायमा असर पारेको उल्लेख गरेको छ । भूउपयोग नीतिकै कारण अनावश्यक जग्गा वर्गीकरण गर्ने, आवासका लागि ८ धुर र खेतीका लागि २ कट्टाभन्दा कम कित्ताकाट नपाइने व्यवस्था अव्यहारिक भएको लोसपाको दाबी रहेको छ ।