Logo

अत्यावश्यकबाहेकका अवस्थामा पासपोर्टका लागि काठमाडौं नआउन राहदानी विभागको आग्रह, १५ दिनमै जिल्लामा पाईने

                     
Logo 2022-07-03 06:07     Desk

13

काठमाडौं । राहदानी विभागले अत्यावश्यकबाहेकका अवस्थामा पासपोर्ट बनाउन काठमाडौं नआउन अनुरोध गरेको छ । एक सूचना जारी गर्दै विभागले जिल्ला प्रशासन कार्यालयहरुबाट आवेदन भएका राहदानीहरु प्रत्येक हप्ता प्रिन्ट गरी पठाउने व्यवस्था गरेको बताएको छ ।

‘काठमाडौं उपत्यकाभित्रका जिल्ला र काभ्रेमा आवेदन गर्नेहरुले १ हप्ता भित्रमा र अन्य जिल्लाको हकमा १० देखि १५ दिन भित्र राहदानी प्राप्त गर्ने सुनिश्चितता मिलाइएको छ,’ विभागले सूचनामा भनेको छ, ‘अत्यन्त जरुरी परेका सेवाग्राहीहरुले राहदानी विभागमा आवेदन गर्नुहुन र अन्य कम जरुरी हुनेले आफ्नो सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाटै सहज रुपमा राहदानी प्राप्त गर्न सकिने हुँदा सो सेवा लिनु हुन सेवाग्राहीमा अनुरोध छ ।’

विभाग राहदानी लिने सेवाग्राहीहरुको संख्या विगत ३ महिनादेखि उल्लेख्य रुपमा बढिरहेको छ । धेरै सेवाग्राहीलाई सेवा दिन क्षमता बढाउने, सबै जिल्ला प्रशासन कार्यालयहरु र १७ वटा इलाका प्रशासन कार्यालयहरुबाट समेत नियमित रुपमा राहदानी आवेदन गर्ने व्यवस्था मिलाएको विभागले जानकारी दिएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?