नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले कठोर मौद्रिक नीति ल्याउन राष्ट्र बैंकलाई सुझाव दिएका छन् ।
कतिपय उद्योगी व्यवसायीले राष्ट्र बैंकको कठोर नीतिले लगानी विस्तारमा समस्या आएको गुनासो गरिरहेको सन्दर्भमा अध्यक्ष गोल्छाले बिहीबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा भने कठोर ल्याउन सुझाव दिएका हुन् ।
अर्थतन्त्र गम्भीर अवस्थामा रहेकाले कसिलो मौद्रिक नीति ल्याउनुपर्ने उनको सुझाब छ ।
आगामी मौद्रिक नीतिले शेयरबजारको समस्यालाई पनि सम्बोधन गर्नुपर्ने सुझाव दिए। उनले अर्थतन्त्रका आगामी दिन थप समस्याग्रस्त देखिएको भन्दै समयमै सचेत हुनका लागि सरकारलाई आग्रह गरेका छन् । ‘दिनप्रतिदिन वस्तुको मूल्यवृद्धि हुने क्रम रोकिएको छैन, माग घट्दैछ, यो स्ट्याग्फ्लेसन हो । अर्कातिर तरलताको सङ्कट छँदैछ यो दुर्घटनाको पूर्वसंकेत हो’, उनले भने ।