
विराटनगर, १६ असार । सुनसरीको बर्जु गाउँपालिकाका एक युवकको उपचारका लागि परिवारले सहयोगको याचना गरेको छ । बर्जु गाउँपालिका–३ स्थित स्थानीय हंसराज चौधरीले छोरा प्रदिप कुमारको उपचारका लागि सहयोगको याचना गरेका हुन् ।



प्रदिप विगत ३ वर्षदेखि मोटरसाईकल दुर्घटनाका कारण थलिएका छन् । अति विपन्न परिवारका उनको आर्थिक अभावकै कारण उपचार हुन सकेको छैन । उपचार गर्दा गर्दै आफुसँग भएको सम्पत्ति र सवै पैसा खर्च भइसकेकाले आर्थिक सहयोग गरि छोराको जिवन बचाई दिन सहयोगी मनहरुलाई सहयोग गरिदिन उनका बाबु हंसराजले याचना गरेका छन् । उनी यतिबेला छोराको उपचारका लागि हारगुहार गरिरहेका छन् ।
प्रदिपको उपचारका लागि एनआईसी एसिया बैंकमा रहेको उनको खाता नम्बर २५८८५५०४२९८१५००२ मा सहयोग रकम जम्मा गर्न सकिने छ । प्रदिपको उपचारका लागि उनको बुवाको नम्बर ९८१६३९३६६० मा समेत सम्पर्क गर्नसकिने छ ।