Logo

शेखर समूहको गुट बैठकपछि देउवाले बोलाए केन्द्रीय कार्यसमिति बैठक

                     
Logo 2022-06-30 08:06     Desk

13

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बोलाइएको छ । पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार यही असार २७ गतेका लागि बैठक बोलाइएको छ । स्थानीय तहको चुनावपछि पहिलोपटक कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्न लागेको हो ।

बैठकको मुख्य एजेन्डा स्थानीय तह चुनावको समीक्षा रहेको छ । डा. शेखर कोइराला समूहले गुट बैठक गरेकै दिन सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमिति बैठक बोलाएका हुन् ।

कोइराला समूहले देउवाले पाटी विधानअनुसार बैठक नबोलाएको, विभाग गठन नगरेको, भ्रातृ संगठनमा एकलौटी गरेको भन्दै काउन्टर रणनीति बनाउन बिहीबार बैठक गरेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?