Logo

करिब ७५ अंकले बढ्यो नेप्से, २ अर्बभन्दा बढीको कारोबार

                     
Logo 2022-06-30 04:06     Desk

13

बिहीबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आज ७४.९३ अंकले बढेर नेप्से २०३७.६४ विन्दुमा पुगेको छ ।

३१ जेठबाट २ हजारभन्दा तलको विन्दुमा झरेको नेप्सेले आज आज २ हजार विन्दु कायम गरेको हो । आज बजार बढेसँगै ठूला कम्पनीको कारोबार देखाउने सेन्सेटिभ इन्डेक्स पनि १२.६३ अंकले बढेर ३९१.७८ विन्दुमा उक्लिएको छ ।

आज १३ वटै समूहका सूचक हरियो बन्दा व्यापार समूहको सूचक सर्वाधिक ७ प्रतिशतभन्दा बढिले बढेको छ । कारोबारमा आएका २२७ वटा कम्पनीको ४७ हजार पटकको शेयर कारोबारमा २ अर्ब ४५ करोड ८६ लाख १९ हजार रुपैयाँ बराबरको ७२ लाख ५४ हजार कित्ता शेयर किनबेच भयो ।

आज समग्र बजार हरियो बन्दा नेपाल फाइनान्स, मैलुङ खोला जलविद्युत् र न्यादी हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । ती कम्पनीको शेयर मूल्य क्रमशः २४ रुपैयाँ, ४१ रुपैयाँ र ३२ रुपैयाँले बढेर प्रतिकित्ता २७३ रुपैयाँ, ४५२ रुपैयाँ र ३५५ रुपैयाँ कायम हुन गयो ।

यस्तै, आज ग्लोबल आईएमई बैंकको शेयर मूल्य ३ प्रतिशतले घटेर प्रतिकित्ता ९२३ रुपैयाँ कायम भएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?