
विराटनगर महानगरपालिकाले बाढी तथा बर्षामा सम्भाव्य संक्रमण तथा रोग सम्बन्धी समस्या भए सम्पर्क गर्न द्रुत प्रतिकार्य टोली गठन गरेको छ । मंगलबार बाढीले विराटनगरको अधिकांश स्थान डुबानमा परेपछी महानगरले टोली गठन गरेको जानकारी जारी गरेको हो ।
टोलीको संयोजकमा महानगरको स्थास्थ्य महाशाखा प्रमुख रमेश कार्की रहेका छन् । टोलीको अन्य सदस्यमा अमरदिप कुमार देव , टिना यादव , यादव गौतम , राजेन्द्र कुँईकेल तथा १९ वटै वडाका स्वास्थ्य संस्थाका प्रमुखहरू रहेका छन् ।