
विराटनगर महानगरपालिकाले अविरल बर्षा र बाढीको कारण असार १७ गते सम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख दुर्गाप्रसाद खतिवडाले विज्ञप्ति जारी गर्दै महानगरका विद्यालय असार १५ गते देखी १७ गते सम्म बन्द रहने जनाएका हुन् ।
महाशाखा प्रमुख खतिवडाले महानगर क्षेत्र भित्र अझै तिन दिन अत्याधिक बर्षा हुने पूर्वानुमान भएकोले विद्यालयहरू बन्द गर्ने महानगर स्तरिय निर्णय गरिएको विज्ञप्तिमा उल्लेख्य गरेका छन् ।
महानगरका केही विद्यालयमा बाढी पिडितलाई स्थान्तरण गरिएकोले पनि विद्यालय शुक्रबार सम्म बन्द रहने विज्ञप्तिमा बताईएको छ ।