Logo

रंगेलीमा माउण्ट मकालु स्कुलको बसले किचेर सोही विद्यालयमा अध्ययनरत विद्यार्थीको मृत्यु, स्थिती तनाबग्रस्त

                     
Logo 2022-06-28 05:06     Desk

13

विराटनगर, १४ असार । मोरङको रंगेलीमा आज दिउँसो स्कुल बसले किचेर एक विद्यार्थीको मृत्यु भएको छ भने एक बालिका गम्भिर घाइते भएकी छन् ।

रंगेली–७ स्थित माउण्ट मकालु इङ्लिस बोर्डिङ स्कुलको को १ क ११३० नम्बरको बसले आज दिउँसो करिब साढे तीन बजेतिर सोही विद्यालयमा अध्ययनरत दुई बालबालिकालाई किचेको थियो ।

स्कुल छुट्टी भएपछि विद्यार्थीहरु बाहिर निस्कने क्रममा सोही स्कुलको बस अनियन्त्रीत भएर किच्दा रंगेली–७ का महादेव मण्डलका छोरा ५ वर्षिय रिपिक मण्डलको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा रंगेली–६ चोप्राहाका स्थानीय नरेश मण्डलकी पाँच वर्षीया छोरी सोनमकुमारी मण्डल गम्भिर घाइते भएकी छिन् । उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

विद्यालयको लापरवाहीका कारण विद्यार्थीको मृत्यु भएको भन्दै स्थानीय आक्रोशित बनेका छन् । आक्रोशित स्थानीयले स्कुलविरुद्ध नाराबाजी गर्दै सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

आक्रोशित स्थानियले स्कुलको दुईवटा गाडीमा तोडफोड समेत गरेका छन् । अहिले रंगेली बजारको स्थिती तनाग्रस्त छ । यतिबेला बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालित भएका छन् ।

प्रहरीले अनुसन्धानका लागि बस चालक र सहचालकलाई नियन्त्रणमा लिएको छ ।

 


लोकप्रिय छुटाउनुभयो कि ?