
सोमबार देखी घट्न थालेको नेप्सेको घटाई मंगलबार पनि कायम रह्यो । मंगलबार नेप्से ११.८२ अंकले घटेको छ ।
११.८२ अंकले घटेको नेप्से १९२१ को बिन्दुमा पुगेर बन्द भएको हो ।
मंगलबार कारोबार रकम भने १ अर्ब ५ करोड रहेको थियो । मंगलबार बैंकिङ उपसमूह ०.२९ र जीवन बीमा ९६ अंकमा हरियो रहे भने विकास बैंक ४३, फाइनान्स २२, होटल तथा पर्यटन १७, जलविद्युत् ३६, लगानी १, उत्पादन ४८, माइक्रोफाइनान्स ३८, निर्जीवन बीमा १०९, अन्य १३ र ब्यापार उपसमूह १४ अंक घटे ।