
विराटनगर, १४ असार । अविरल वर्षाका कारण बाढीको जोखिम बढेपछि विराटनगर महानगरपालिकामा आकस्मिक बैठक बसेको छ । मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकिय अधिकृतसहित महाशाखा प्रमुखहरुको आकस्मिक बैठक बसेको हो ।
अविरल वर्षाका कारण विराटनगर जलमग्न भएको छ । जलमग्न भएपछि विभिन्न वस्तिहरु डुबानमा परेका छन् । सोही समस्या सामाधानका लागि आकस्मिक बैठक बसेको हो ।
बैठकले विपद व्यवस्थापन रेस्पोन्स टिमलाई परिचालन गरेको छ । विराटनगरमा बाढीको जोखिम र कुनै समस्या परेमा निम्न नम्बरहरुमा सम्पर्क गर्न सकिने महानगरपालिकाले जनाएको छ ।