Logo

सर्वोच्चले दियो कैदीबन्दीले भोट हाल्न पाउने व्यवस्था गर्न आदेश

                     
Logo 2022-06-27 05:06     Desk

13

काठमाडौँ, १३ असार । सर्वोच्च अदालतले कैदीबन्दीले पनि भोट हाल्न पाउने व्यवस्था गर्न आदेश जारी गरेको छ ।सर्वोच्चले आगामी संसदीय निर्वाचनमा समानुपातिक तर्फ कैदीबन्दीलाई पनि भोट हाल्न पाउने व्यवस्था गर्न अन्तरिम आदेश दिएको हो ।

काठमाडौँ स्कुल अफ लका विद्यार्थीद्वय प्रदिक्षा केसी र निशान्त पोखरेलले दायर गरेको रिटमा यस्तो आदेश जारी भएको हो ।

न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले आदेश दिएको हो ।


लोकप्रिय छुटाउनुभयो कि ?