
राष्ट्रियसभाबाट विनियोजन विधेयक बहुमतले पारित भएको छ । सोमबार बसेको राष्ट्रियसभाको बैठकले विनियोजन विधेयक पारित गरेको हो ।



यसअघि २ असारमा प्रतिनिधिसभाले विनियोजन विधेयक २०७९ बहुमतले पारित गरेको थियो । प्रतिनिधिसभाबाट पारित भएर गएको विनियोजन विधेयकलाई राष्ट्रियसभाको बैठकले पनि बहुमतले पारित गरेको हो ।