Logo

आईजीपी नियुक्तिविरुद्धकाे रिटमा आज सरकार पक्षले बहस गर्ने

                     
Logo 2022-06-27 11:06     Desk

13

नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा धीरजप्रताप सिंहलाई बढुवा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा दायर भएको रिटमा आज (सोमबार) सुनुवाइ हुँदैछ ।

सरकारले १८ वैशाखमा सिंहलाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको थियो । सो निर्णयविरुद्ध एआईजी विश्वराज पोखरेल सर्वाेच्च पुगेका थिए ।

सरकारको निर्णयविरुद्ध दायर रिटमा जेठ १७ गतेदेखि अन्तिम सुनुवाइ सुरु भएको थियो । त्यसयता सुनुवाइ निरन्तर छ । यसअघि असार ५ गते सुनुवाइ भएको मुद्दा आज सोमबारका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।

कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलसामा सुनुवाइ भइरहेको छ । मुद्दामा रिट निवेदक विश्वराज पोखरेलका तर्फबाट १३ जना कानुन व्यवसायीले बहस गरिसकेका छन् । आज सरकार पक्षको बहस हुनेछ ।


लोकप्रिय छुटाउनुभयो कि ?