Logo

सेयर बजारमा फेरि गयो पहिरो , नेप्से १८४८ मा झर्यो

                     
Logo 2022-06-23 03:06     Desk

13

बिहिबार नेपाली सेयर बजार परिसूचक नेप्से ४५.२५ अंकले घटेको छ। बुधबार केहि राहत मिलेको सेयर बजारमा बिहिबार पुन: पहिरो गएको छ ।

बिहिबार ४५.२५ अंक घटेको सेयर बजार १८४८ मा बन्द भएको छ। बिहिबार बजारमा कुल १ अर्ब ४९ करोड रुपैयाँ कारोबार भएको छ।

बिहिबार बजारको सबै उपसमूहका सूचक घटेका छन् । बिहिबार बजारमा बैंकिङ २१, विकास बैंक ११९, फाइनान्स ४७, होटल तथा पर्यटन ६७, जलविद्युत् ८६, जीवन बीमा १४३, उत्पादन ९५, माइक्रोफाइनान्स १०२, निर्जीवन बीमा २१८, अन्य ३३ र ब्यापार उपसमूह ३९ अंक घटेको छ।


लोकप्रिय छुटाउनुभयो कि ?