Logo

वायुसेवा निगम महाप्रबन्धकको जिम्मेवारी दीपु ज्वारचनलाई

                     
Logo 2022-06-23 03:06     Desk

13

सरकारले नेपाल वायु सेवा निगमको महाप्रबन्धकको जिम्मेवारी वरिष्ठ क्याप्टेन दीपु ज्वारचनलाई दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले मन्त्रीस्तरीय निर्णयबाट ज्वारचनलाई महाप्रबन्धकको जिम्मेवारी दिएका हुन् ।

निगमका अध्यक्ष युवराज अधिकारी निलम्बनमा परेपछि निगम नेतृत्वविहीन भएको थियो । ज्वारचनलाई निगमको कार्यकारी प्रमुखको जिम्मेवारी दिइएको हो ।

ज्वारचनले वरिष्ठ क्याप्टेनको हैसियतमा न्यूनतम उडान गर्नेसमेत जिम्मेवारी पाएका छन् ।


लोकप्रिय छुटाउनुभयो कि ?