Logo

बालिका भारत लैजादै गरेको आरोपमा जोगबनी नाका बाट दुई जना पक्राउ , मानवतस्करीको आशंका

                     
Logo 2022-06-23 02:06     Desk

13

नेपाल - भारत सिमानामा रहेको नाका बाट नेपाल प्रहरीले एक १३ बर्षीय बालिकाको उद्दार गरेको छ। भारत लगेर राम्रो काममा लगाइदिने भन्दै नाका बाट लैजादै गरेको अवस्थामा प्रहरीले बालिकाको उद्दार गरेको हो।

झापा घर भएकी बालिकालाई भारतको मुजफ्फरपुर घर भई झापाको विर्तामोडमा डेरामा बस्दै आएका २२ वर्षीया हिरा सहनी र बारा घर भएकी १८ वर्षीय एक युवतीलाई प्रहरीले पक्राउ गरेको नेपाल प्रहरीको प्रवक्ता दिपक श्रेष्ठले बताएका छन्। २२ बर्षीय सहनी र १८ बर्षीय युवती प्रेमी-प्रेमिका रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

प्रहरीले पक्राउ परेका दुवै जनालाई मानवतस्करी गरेको आरोपमा अनुसन्धान गरिरहेको प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन्।


लोकप्रिय छुटाउनुभयो कि ?