Logo

विप्लव नेतृत्वको नेकपाका चार नेताले दिए राजीनामा

                     
Logo 2022-06-23 11:06     Desk

13

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका पूर्व पोलिट्ब्युरो सदस्य तथा सेती-महाकाली इन्चार्ज ओमप्रकाश पुनसहित चार जना नेताले सामूहिक राजीनामा दिएका छन् ।

बिहीबार बिहान विज्ञप्ति जारी गरी पूर्व पोलिटब्युरो सदस्य पुनसिहत चार जना नेताले पार्टी छोडेको घोषणा गरेका हुन् । पुनसँगै पूर्वकेन्द्रीय सदस्य शंकर बहादुर खड्का, महाकाली इन्चार्ज दलबहादुर धामी र विशेष कमिटी सदस्य रमेश परियारले राजीनामा दिएका हुन् ।

उनीहरूले राष्ट्रिय राजनीतिलाई मध्यनजर गरी अबको राजनीतिक धारा र बाटो बदल्ने निर्णयमा आफूहरू पुगेको बताएका छन् । 'नेपालको कम्युनिष्ट आन्दोलन, त्यसमा पनि महान जनयुद्धको जगमा खडा भई हाल विभाजित अवस्थामा रहेको माओवादी धारालाई एकीकृत र ध्रुवीकृत गर्ने व्यक्तिगत र सामूहिक आवश्यकतालाई महसुस गरी विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट अलग हुने निर्णय गरेका छौं,’ विज्ञप्तिमा भनिएको छ ।

उनीहरूले विभाजन नभई एकताबद्ध र एकीकृत कम्युनिष्ट पार्टी निर्माणको दिशामा एकाकार हुन पनि आह्वान गरेका छन् ।


लोकप्रिय छुटाउनुभयो कि ?