Logo

विद्यार्थीको हातमा पुस्तक पठाउन सरकार गम्भीर भएन:योगेश भट्टराई

                     
Logo 2022-06-21 04:06     Desk

13

नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले सरकार समयमा नै विद्यालयमा पाठ्यपुस्तक पुर्‍याउने विषयमा सरकार गम्भीर नभएको आरोप लगाएका छन् ।

मंगलबार प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा सचिव भट्टराईले विद्यालयहरूमा विद्यार्थीलाई पाठ्यपुस्तक पुर्‍याउने विषयमा सरकारले सामान्य प्राविधिक विषय देखाएर पन्छिन खोजेको आरोप लगाएका हुन् ।

सांसद भट्टराईले सरकारले प्राविधिक समस्याभन्दा पनि जनक शिक्षा सामग्री केन्द्रको प्रशासनिक, व्यवस्थापकीय सुधार र क्षमता अभिवृद्धिको कुरालाई व्यवसायिक स्किम ल्याएर देखाउनुपर्ने बताए । उनले पुस्तक छपाइका लागि दुई पटक टेण्डर जारी गरेकोमा शंका व्यक्त गरे ।

भट्टराईले पहिलो टेण्डर खारेज गरेर दोस्रो पटक महँगोमा टेण्डर स्वीकृत गर्नुपर्ने कारण समितिलाई मन्त्रीले जानकारी गराउनुपर्ने माग गरे । उनले ६ हजार मेट्रिक टन कागज किन्दा पहिलोमा प्रतिमेट्रिक टन १ लाखमा र दोस्रोमा १ लाख ६ हजारमा टेण्डर गर्दा लागत खर्च मात्रै करिब ३ करोड रुपैयाँ बढाएको बताए ।

एमाले सचिव भट्टराईले पुस्तक छाप्न निजीक्षेत्रलाई नदिने भनिए पनि अहिले सत्ता गठबन्धनका ठूला नेताको नजिकको मान्छेको प्रेसमा किताब छपाइ भइरहको बताए ।  उनले सरकारले टेण्डरमार्फत दिएको वा कसले दियो भन्दै प्रश्न गरे । भट्टराईले समितिले पुस्तक निजी प्रेसमा छापिएको विषयमा अनुगमन गर्नुपर्ने बताए ।


लोकप्रिय छुटाउनुभयो कि ?