
वीरगञ्ज, ५ असार । जबर्जस्ती करणी मुद्दाका फरार अभियुक्तलाई पर्सामा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने वीरगञ्ज महानगरपालिका-१ का ३५ वर्षीय उमाशंकर गिरी रहेका छन् । २०६९ जेठ २ गते राति १२ बजे मानसिक सन्तुलन ठीक नभएकी २६ बर्षीया महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा मुद्दा परेको थियो ।