Logo

औपचारिक रूपमा तय भएपछि अमेरिका भ्रमणबारे जानकारी गराउँछु:देउवा

                     
Logo 2022-06-19 05:06     Desk

13

प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले निकट भविष्यमा गर्ने भनिएको अमेरिकाको भ्रमण औपचारिकरूपमा तय भएपछि संसद्लाई जानकारी गराउने बताएका छन् ।

नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालसँगको आइतबारको भेटमा देउवाले भ्रमण तय भएपछि सदन वा संसदीय समितिमा आएर औपचारिकरूपमा जानकारी गराउने बताएका हुन् ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले भ्रमणका सम्बन्धमा जानकारी लिन प्रधानमन्त्री देउवालाई समिति बैठकमा बोलाएको सन्दर्भमा समिति सदस्यसमेत रहेकी भुसालले आज देउवासँग भेट गरेकी थिइन् ।

समितिको यसअघिको बैठकमा परराष्ट्रमन्त्री डा. नारायण खड्काले प्रधानमन्त्रीको अमेरिका भ्रमणका सम्बन्धमा प्रारम्भिक छलफल भएको तर अन्तिम टुङ्गो लागिनसकेको बताएका थिए ।

समितिले नेपालको परराष्ट्र नीति कार्यान्वयन र प्रधानमन्त्रीको भ्रमणका सम्बन्धमा छलफल गर्न आज बैठकमा बोलाएको थियो । तर, उक्त बैठकमा देउवा अनुपस्थित थिए ।


लोकप्रिय छुटाउनुभयो कि ?