Logo

पटनाबाट दिल्ली उडेको विमानमा आगलागी

                     
Logo 2022-06-19 03:06     Desk

13

एजेन्सी, ५ असार । भारतको पटनाबाट राजधानी नयाँ दिल्लीका लागि उडेको स्पाइस जेटको विमानमा  आकाशमै आगो लागेको छ ।

आगो लागेपछि विमानलाई पटना विमानस्थलमा नै आकस्मिक अवतरण गराइएको छ । एक सय ८५ जना यात्रु बोकेर दिल्लीका लागि उडेको विमानको बायाँ इन्जिनमा चरा ठोक्किएपछि आगो लागेको थियो ।

विमानमा आगो लागे पनि विमानमा रहेका यात्रु र चालक दलका सदस्य सबै सकुशल छन् । पाइलटले आगो लागेको इन्जिन बन्द गरेर विमानलाई सुरक्षित अवतरण गराएका हुन् ।


लोकप्रिय छुटाउनुभयो कि ?