Logo

मोरङ प्रहरीद्वारा चोरीको मोटरसाइकल किन्ने गिरोह पेस्तोलसहित पक्राउ

                     
Logo 2022-06-19 12:06     Desk

13

विराटनगर । विराटनगरमा श्रृखलाबद्ध हुने चोरीको मोटरसाइकल खरिद गर्ने गिरोहलाई मोरङ प्रहरीले पेस्तोलसहित पक्राउ गरेको छ । मोरङ प्रहरीको विशेष टोलीले चोरीको मोटसाइकल खरिद गर्ने मोरङ बुढीगंगा गाउँपालिका – ६ घर भइ सुनसरीको दुहबी नगरपालिका – ३ मा डेरा गरि बस्ने ३२ वर्षिय बिनोद चौधरीलाई पक्राउ गरेको हो ।

पक्राउ परेको चौधरीको डेरादेखि प्रहरीले चाइनिज पेस्तोल र धारिलो हातहतियार पनि फेला परेको छ ।

मोरङ प्रहरीले १ महिनाको अवधीमा मोटरसाईकल चोरीमा संलग्न १६ जनालाई पक्राउ गरि अनुसन्धान गर्दै आएको छ । प्रहरीले उनीहरूको साथबाट २१ थान मोटरसाईकल समेत फेला पारेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?