Logo

भारतको आसाम र मेघालयमा बाढीको वितण्डा, ३२ जनाको मृत्यु

                     
Logo 2022-06-19 12:06     Desk

13

भारतको आसाम र मेघालयमा आएको बाढीमा परेर कम्तीमा पनि ३२ जनाको मृत्यु भएको छ । असाम र मेघालयमा शुक्रबारदेखि बाढी र पहिरोको प्रकोप बढेको बताइएको छ ।

भारतीय उत्तर पश्चिमी यी दुई राज्यमा वर्षा आइतबार पनि जारी छ ।

असामको विपद् व्यवस्थापन विभागका अनुसार असाममा शुक्रबारदेखि निरन्तर वर्षा जारी छ । असाममा मात्र बाढीमा परेर १३ जनाको ज्यान गएको बताइएको छ ।

यहाँका २८ जिल्लामा बाढी आएको र त्यसमा परेर कम्तीमा पनि १८ लाख भन्दा बढी मानिस प्रभावित भएका छन् ।

उता मेघालयका पनि दर्जनौँ जिल्लामा बाढीको प्रकोप बढेको छ । ती जिल्लामा शनिबारसम्ममा १९ जनाको ज्यान गएको बताइएको छ ।

यी जिल्लाहरुमा शनिबार रातिसम्म पनि वर्षा जारी रहेको बताइएको छ । यहाँको मौसम विभागले बाढीको प्रकोप रहेकाले सतर्कत अपनाउन सूचना जारी गरेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?