Logo

डुम्रे–बेँसीसहर खण्ड अवरुद्व

                     
Logo 2022-06-19 11:06     Desk

13

भानु नगरपालिका–८ कुडुलेफाँट नजिकको खोलामा राखिएको ह्युमपाइप बगाएपछि डुम्रे–बेँसीसहर सडकखण्ड अवरुद्व भएको छ ।

खहरेखोलामा आएको बाढीले तीनवटा ह्युमपाइप बगाउँदा सडक भ्वाङ परेपछि सवारी आवतजावत रोकिएको हो । आइतबार बिहानको अविरल वषापछिको बाढीले ह्युमपाइपमा क्षति पु¥याएको थियो । साना सवारीसाधन वैकल्पिक मार्गको प्रयोग गरी सञ्चालनमा आए पनि ठूला सवारी रोकिएको इलाका प्रहरी कार्यालय भानुका प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए।


लोकप्रिय छुटाउनुभयो कि ?