Logo

काठमाडौंबाट हराएका बालकको भारतको पटनाबाट सकुशल उद्धार

                     
Logo 2022-06-19 10:06     Desk

13

नेपाल प्रहरीले भारतको पटनाबाट एक नाबालकको उद्धार गरेको छ ।

प्रहरी वृत्त बानेश्वरको टोलीले गएको असार १ गते काठमाडौं महानगरपालिका–३१ स्थित नगेन्द्रकान्छा चोकबाट हराएका १४ वर्षीय नवीन रुवालीलाई शनिबार भारतको पटनाबाट उद्धार गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्ष दिनेशराज मैनालीले क्रिकेट खेल्न जाने बाहनामा बुधबार काठमाडौंबाट हराएका रुवालीलाई शनिबार भारतको पटनाबाट उद्धार गरिएको जानकारी दिए ।

नाबालकका दाजु भरत रुवाली सार्कीले भाइ हराएको निवेदन दिएका आधारमा प्रहरीले भारतमा आइपिएस तालिम गरेका नेपाली प्रहरी र भारतीय प्रहरीको निरन्तर समन्वय र सहकार्यमा नाबालक नवीनलाई सकुशल उद्धार गरिएको प्रवक्ता मैनालीले बताए ।

पटनास्थित रेल्वे स्टेशनबाट सकुशल उद्धार गरी काठमाडौं ल्याएर आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?