Logo

मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु

                     
Logo 2022-06-19 10:06     Desk

13

महोत्तरीमा मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रञ्जन मिश्रका अनुसार गौशाला नगरपालिका–४ मगरटोल बस्ने ५० वर्षीय गणेशबहादुर थापामगरको गौशाला बजारबाट साइकलमा घर जाने क्रममा सोही दिशाबाट बर्दिबासतिर जाँदै गरेको ज१०प २०६६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका थापालाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएकामा उपचारका क्रममा सोही अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

फरार मोटरसाइकल चालकको खोजतलास भइरहेको जनाइएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?