Logo

विराटनगरबाट हराएका दिदिभाई भेटिए

                     
Logo 2022-06-18 01:06     Desk

13

विराटनगर, ४ असार । विराटनगरबाट हराइरहेका दिदि भाई भेटिएका छन् । विराटनगर वडा– ८ घर भएका बालबालिका शनिवार घर आईपुगेका हुन् । गत मंगलबारदेखी हराईरहेका १८ वर्षीया प्रतिमा घिमिरे र २ वर्षका उनका भाई प्रसिद्ध घिमिरे शनिवार घर आईपुगेका हुन् ।

प्रहरीले अत्याधिक महत्व साथ हेरिरहेको यस घटनामा दुवै जना बालबालिका शनिवार आफै घर आईपुगेका छन् । घर आईपुगेका दुवै जनालाई हाल मोरङ प्रहरीले सोधपुछ गरिरहेको छ ।

मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले विराटनगरबाट हराएका बालबालिका घर आइपुगेको पुष्टि गरे । ‘बालबालिका आफै हाराएका थिए, अहिले आफै घर आएका छन् ।’ उनले हाम्रो विराटनगरसँग भने,‘के भएको भन्नेबारेमा हामी सोधपुछ र अनुसन्धान गरिरहेका छौँ ।’


लोकप्रिय छुटाउनुभयो कि ?