Logo

भुटानमाथि नेपालको जित

                     
Logo 2022-06-17 02:06     Desk

13

भुटानका लागि छिरिङ जाङ्‌मोले सर्वाधिक १५ र नग्वाङ छोडेनले ८ रनको योगदान दिए । नेपालका लागि कविता कुँवर र संगीता राईले समान २–२ विकेट लिए । यसैगरी अस्मिना कर्मचार्य, सीता मगर र इन्दु बर्माले समान १–१ विकेट लिए ।

मलेसियाको यूएसडी यूकेएम ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ९४ रनको योगफल तयार पारेको थियो । नेपालका लागि काजल श्रेष्ठले सर्वाधिक २६ रन जोडिन् ।

यस्तै कप्तान रुविना क्षेत्रीले २१ र इन्दु बर्माले २० रन जोडे । डोली भट्टले ५ र सीता मगरले ५ रनको योगदान दिए । ममता चौधरीले ३ रन जोड्दा ज्योति पाण्डे र अस्मिना कर्माचार्य शून्य रनमै आउट भए ।


लोकप्रिय छुटाउनुभयो कि ?