
काठमाडौं, ३ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारीमाथि हातपात गरेका छन् ।
कार्यकारी अध्यक्ष अधिकारीलाई आफ्नै कार्यकक्षमा बोलाएर पर्यटनमन्त्री आलेले अध्यक्ष अधिकारीलाई अश्लील गालीगलौज गर्दै कार्यकक्षमै हातपात गरेका हुन् ।
अन्नपूर्ण पोस्ट्ले सार्वजनिक गरेको अडियोमा पर्यटनमन्त्री आलेले अध्यक्ष अधिकारीलाई कार्यकक्षमै अश्लील गालीगलौजसँगै हातपात गरेको सुनिन्छ । आफूले सिफारिस गरेका मान्छेलाई जागिर दिन ढिला गरेको भन्दै पर्यटनमन्त्री आलेले अध्यक्ष अधिकारीलाई गालीगलौच गर्दै हातपात गरेको पर्यटन मन्त्रालय स्रोतले जनाएको अन्नपूर्ण पोस्ट्ले समाचारमा उल्लेख गरेको छ ।