Logo

नेपाली सेना एसपीपीको पक्षमा छैन : प्रधानसेनापति शर्मा

                     
Logo 2022-06-17 12:06     Desk

13

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले एसपीपी कार्यक्रमको पक्षमा नेपाली सेनालाई नभएको बताएका छन् । प्रतिनिधिसभाकाे अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा शुक्रबार प्रधानसेनापति शर्माले एसपीपी नआएको र आए पनि मान्य नहुने बताए ।।

'एसपीपी कुनै हालतमा हाम्रो काम छैन । एसपीपी हाम्रो लागि मान्य छैन,' प्रधानसेनापति शर्माले भने । बाहिर डकुमेन्ट सार्वजनिक भएपछि क्रिया र प्रतिक्रिया आउनु स्वाभाविक भए पनि अब त्यसमा बिराम लगाउनुपर्ने बताए ।

सुरुमा मानवीय सहयोगका लागि कुरा आएकोले पत्राचार भएको उनको भनाइ थियाे । 'मानवीय सहयोगका लागि चिठी लेखेको हाे सैन्य गठबन्धनमा जाने भएपछि हामी जाने हाेइन,' उनले भने ।


लोकप्रिय छुटाउनुभयो कि ?