
काठमाडौ,३ असार ।सामान्यतया नेपालमा मनसुन प्रवेश गरेको एक साताभित्र देशभर फैलिएर बर्खा लागिसक्छ । तर, यो वर्ष औसतभन्दा नौ दिनअघि नै पूर्वी नेपालबाट मनसुन भित्रिए पनि गण्डकी प्रदेशभन्दा पश्चिममा विस्तार हुन सकेको छैन ।
पश्चिमी वायुका कारण पहाडी क्षेत्रमा हल्का वर्षा हुने गरे पनि तराईमा तापक्रम पनि बढेको छ ।तर, अब तीन–चार दिनभित्र मनसुन देशभर फैलने अनुमान महाशाखाले गरेको छ । ‘हाल ती क्षेत्रमा पश्चिमीसँगै केही क्षेत्रमा स्थानीय वायुको प्रभाव छ । देशभर मनसुन सक्रिय भएपछि महाशाखाले वर्षासम्बन्धी विशेष बुलेटिन जारी गर्ने तयारी गरेको छ ।
महाशाखाले आगामी २४ घन्टामा प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशका केही र लुम्बिनीका थोरै स्थानमा वर्षा हुन सक्ने आकलन गरेको छ । अन्य प्रदेशमा भने पहाडी भूभागका एक–दुई स्थानमा मात्र वर्षाको सम्भावना छ ।