Logo

संसदीय समितिले प्रधानसेनापतिलाई बोलायो

                     
Logo 2022-06-16 10:06     Desk

13

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानसेनापति प्रभुराम शर्मालाई बोलाएको छ । भोलि बिहान ९ बजे हुने छलफलका लागि उक्त समितिले शर्मालाई बोलाएको हो ।

समितिका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणलगायतका विषयमा छलफलका लागि शर्मालाई बोलाएको हो ।

स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सँग सम्बन्धित सम्झौता बाहिरिएसँगै संसदीय समितिले प्रधानसेनापतिलाई छलफलका लागि बोलाएको हो ।

तर, नेपाली सेनाले एसपीपीमा सहभागी हुने विषयमा आफ्नो धारणा सार्वजनिक गरिसकेको छ । सार्वजनिक भएका खबरहरूमा सत्यता नभएको सेनाले जनाएको थियो ।

तर, अज मात्रै यसअघि सेनाले एसपीपीमा सहभागी हुन अमेरिकालाई लेखेको पत्र सार्वजनिक भएको थियो । त्यसपछि भोलि बस्ने बैठकमा संसदीय समितिले प्रधानसेनापतिलाई बोलाएको हो ।


लोकप्रिय छुटाउनुभयो कि ?