Logo

विधेयक सर्वसम्मतिले स्वीकृत

                     
Logo 2022-06-16 04:06     Desk

13

राष्ट्रिय सभाको बैठकले औषधि (तेस्रो संसोधन) विधेयक, २०७९ र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संसोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । उक्त विधेयकमाथि विचार गरियोस भनी स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले सदनसमक्ष पेश गर्नुभएको थियो ।

यस्तै बैठकले शपथसम्बन्धी विधेयक, २०७८ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव पनि सर्वसम्मतिले स्वीकृत गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खतिवडाले शपथसम्बन्धी विधेयक दफावार छलफलका लागि सदनसमक्ष प्रस्तुत गर्नुभएको थियो ।


लोकप्रिय छुटाउनुभयो कि ?