Logo

लिभ-इन रिलेसनबाट जन्मेको बच्चालाई पनि पैतृक सम्पत्तिमा हक

                     
Logo 2022-06-16 04:06     Desk

13

भारतमा सर्वोच्च अदालतले हिन्दुको हकमा अंशवण्डालाई लिएर महत्त्वपूर्ण फैसला सुनाएको छ । अदालतले बिहे नगरी लामो समयसम्म सँगै रहने जोडी (लिभ-इन रिलेसन) बाट जन्मेको बच्चाको पैतृक सम्पत्तिमा हक हुने फैसला सुनाएको हो ।

यसअघि केरला उच्च अदालतले विवाहबिना जन्मेको बच्चालाई पैतृक सम्पत्तिमा अंश नलाग्ने फैसला सुनाएको थियो । सर्वोच्चले त्यसलाई उल्ट्याइदिएकाे हाे ।

‘लामो समयसम्म बिहे नगरी सँगै रहेका जोडीबाट जन्मिने सनतानलाई परिवारको सम्पत्तिमा भाग मिल्ने छ’, अदालतको फैसलामा भनिएको छ ।

जुन जोडीको मुद्दा सर्वोच्च अदालतमा आएको थियो, उनीहरूबारे अदालतले भनेको छ, 'यो जोडी लामो समययता सँगै थियो । उनीहरूको सम्बन्ध वैवाहिक दम्पतीजस्तै थियो । त्यसैले उनीहरूबाट जन्मेको छोरा पैतृक सम्पत्तिमा उचित हिस्साको हकदार हुनेछ ।'


लोकप्रिय छुटाउनुभयो कि ?