Logo

अमेरिकी सेना नेपाल आउने कुरामा कुनै सत्यता छैन:मन्त्री कार्की

                     
Logo 2022-06-16 03:06     Desk

13

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकी सेना नेपाल आएर बस्ने कुरामा कुनै सत्यता नरहेको स्पष्ट पारेका छन् । बिहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरिसकेपछि सञ्चारकर्मीले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री कार्कीले यस्तो बताएका हुन् ।

उनले नेपाल सार्वभोम राष्ट्र भएको उल्लेख गर्दै एक देशबाट अर्को देशको नागरिक अवतजावत गर्ने प्रक्रियाहरू रहेकोले बिना प्रक्रिया कुनै व्यक्ति, सेना आउने र रहने कुरा कुरामै सीमित रहेको दाबी गरे । उनले एमसीसी परियोजना कार्यान्वयनमा गइसकेको भन्दै अबका दिनमा नेपाली जनताले पाउने प्रतिफल देखिँदै जाने पनि बताए ।

उनले भने, ‘एमसीसी परियोजना अब कार्यान्वयनमा गइसकेको छ । यसबाट नेपाली जनताले पाउने प्रतिफल देखिँदै जानेछ । एमसीसी परियोजनालाई समयमै सम्पन्न गरेर यसको लाभबाट नेपाली समाजलाई लाभान्वित गर्नको लागि हामी सबैले साझा प्रयत्न गरौँ । हाम्रो सार्वभौम सम्पन्न स्वतन्त्र राष्ट्र हो । र एक देशबाट अर्को देशको नागरिक अवतजावत गर्ने प्रक्रियाहरु छन् । ती प्रक्रियाबिना कुनै व्यक्ति, सेना आउने, रहने कुरा कुरा मात्रै हो । यसमा कुनै सत्यता छैन ।’

मन्त्री कार्कीले एमसीसी परियोजनालाई समयमै सम्पन्न गरेर यसको लाभबाट नेपाली समाजलाई लाभान्वित गर्नको लागि सबैले साझा प्रयत्न गर्नुपर्ने बताए ।


लोकप्रिय छुटाउनुभयो कि ?