Logo

अर्थमन्त्री शर्माको राजीनामा माग्दै एमालेले गर्‍यो संसद अवरोध

                     
Logo 2022-06-16 01:06     Desk

13

अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरुद्ध गरेको छ ।

बजेट निर्माणमा अर्थमन्त्री शर्माले विचौलियालाई प्रवेश गराउँदै गम्भीर अपराध गरेकाले उनले राजीनामा नदिएसम्म विनियोजन विधेयकबारेको छलफल सञ्चालन हुन नहुने एमालेले बताएको छ ।

बिहीबार संसदमा विशेष समय लिएर बोल्दै एमाले सांसद भानुभक्त ढकालले संसदले तत्कालै छानबिन समिति गठबन गर्नुपर्ने माग गरे । प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्रीलाई जोगाउन खोजेको हो वा होइन भन्ने विषयमा पनि संसदलाई जानकारी गराउनुपर्ने एमालेको माग रहेको ढकालले बताए ।

‘अर्थमन्त्रीलाई विचौलियाले बचाउने भन्ने कुरा आइरहेको छ । के  प्रधानमन्त्रीले अर्थमन्त्रीलाई बचाएर अपराधीको सति जान खोजेको हो ? हामी जवाफ चाहन्छौँ,’ उनले भने ।


लोकप्रिय छुटाउनुभयो कि ?