Logo

झापामा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

                     
Logo 2022-06-16 12:06     Desk

13

विराटनगर, २ असार । झापाको झापा गाउँपालिका-३ कल्लामारी स्थित भित्रि सडक खण्डमा ट्याक्टरको ठक्करबाट १ जना मोटरसाईकल चालकको मृत्यु भएको छ ।

हिजो दिउसो सवा २ बजे  मे. १ त ४४१८ नम्बरको ट्याक्टरले  मे .११ प २८२२ नम्वरको  मोटरसाईकललाई ठक्कर दिइ दुर्घटना हुँदा  घाईते भएका मोटरसाईकल चालक स्थानीय २० बर्षीय अख्तर अलिको उपचारको क्रममा बि एण्ड सी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो ।

उक्त ट्रयाक्टर र चालक प्रबिज आलमलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?