Logo

कटुवा पेस्तोल र लागुऔषध सहित एक जना पक्राउ

                     
Logo 2022-06-16 12:06     Desk

13

विराटनगर, २ असार । सुनसरीको कोशी गाउँपालिका-२ स्थितबाट प्रहरीले कटुवा पेस्तोल र लागुऔषध सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी उप-महानगरपालिका-३ सुनसरी घर बताउने १९ बर्षीय रोहित राई रहेका छन ।

गोप्य सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले हिजो बिहान कोशी गाउँपालिका-२ स्थितबाट राईलाई कटुवा पेस्तोल १ थान, गोलीको खोका १ थान, लागुऔषध डाईजापाम १० एम्पुल, नाईट्रोजन १० ट्यावलेट, लिजेसिक ३ एम्पुल, ट्रामाडोल ३३७५ पिस सहित पक्राउ गरेको हो ।

कटुवा पेस्तोल र लागुऔषध सहित पक्राउ परेका उनको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?