
सानिमा बैंकले १० असारदेखि ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले प्रतिइकाई एक हजार रुपैयाँको दरमा ५० लाख इकाई ऋणपत्र जारी गर्न लागेको छ ।
यसमध्ये ३० लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ ।
बाँकी २० लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । ऋणपत्रमा सामूहिक लगानी कोषबाट कुनै पनि आवेदन नपरेकाले २० लाख इकाई नै सर्वसाधारणलाई निष्कासन गर्ने कम्पनीले जनाएको छ ।