
भारतमा काेराेना संक्रमणकाे गतिले फेरि रफ्तार लिएकाे छ । पछिल्लाे २४ घन्टामा मात्रै १२ हजार भन्दा धेरै नयाँ संक्रमित थपिएका छन् ।
२४ घन्टामा १२ हजार २ सय १३ नयाँ संक्रमित थपिँदा ११ जनाले ज्यान गुमाएकाे भारतकाे केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार बिहान जानकारी दिएकाे छ ।
यही अवधिमा ७ हजार ६ सय २४ जना संक्रमणमुक्त भएका छन् । अहिले भारतमा ५८ हजार भन्दा धेरै सक्रिय संक्रमित रहेका सरकारकाे तथ्यांक छ ।